Monday, August 15, 2022

वडामा महिलाहरुको सहभागीता बढाएर नेतृत्व पंक्तिमा ल्याउने कबिलासीका कार्यपालिका सदस्यहरुद्वारा प्रतिबद्धता





लोकतन्त्र समाचारदाता----

सर्लाही,साउन ३०

     लैंगिक समानता र महिला जनप्रतिनिधिहरुको राजनीतिक सहभागीता तथा निर्णय प्रक्रियामा मेयर र अध्यक्षहरुको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सोमबार  सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।

    आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत  माण्डवी सर्लाहीले  कबिलासी नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई मेयर तथा वडाअध्यक्षहरुले  निर्णय प्रक्रियामा महिलाहरुको सहभागीता कसरी बढाउने र लैंगिक समानताका लागि कार्यपालिका सदस्यहरुले उनीहरूलाई कसरी सहयोग पुर्याउने भन्ने विषयमा  जानकारी गराउने  उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको माण्डवी सर्लाहीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए।

     कार्यक्रममा सहभागीहरुलाई सहजकर्ता बनिता कार्कीले कार्यपालिका सदस्यहरुलाई विभिन्न क्षेत्रमा महिलाहरु माथि हुने लैंगिक विभेद तथा  समाधानको उपाएका बारेमा जानकारी गराएका थिए।उनले महिलाहरु माथि घरमा,समुदायमा,स्थानीय तहका समितिहरुमा र राजनीतिक दलमा हुने विभेदको बारेमा जानकारी गराएका थिए।

    कार्यक्रममा उपस्थित कार्यपालिका सदस्यहरुले आआफ्नो वडामा महिलाहरुको सहभागीता बढाएर उनीहरुलाई नेतृत्व पंक्तिमा ल्याउने  साथै परिवर्तनको संवाहक बन्ने प्रतिबद्धता समेत गरेका थिए।

     कार्यपालिका सदस्य लगायत महिला विकास शाखा प्रमुख ममता राय यादव, आयोजक संस्थाका पदाधिकारी तथा पत्रकारहरुको सहभागीता रहेको उक्त कार्यक्रमको अध्यक्षता  माण्डवीका कार्यक्रम अधिकृत श्रेष्ठले गरेका थिए।








No comments:

Post a Comment