Thursday, August 4, 2022

हरिपुर्वामा हत्या गरि फरार भएका दुई अभियुक्त भारतबाट पक्राउ

 



मनोज यादव---

सर्लाही,साउन १९

     सर्लाहीको हरिपूर्वा नगरपालिका वडा न-३ वस्ने १९ वर्षीय सुशील रायको हत्या गरि फरार भएका दुई अभियुक्तलाई प्रहरीले  सार्वजनिक गरेको छ ।

   पक्राउ पर्नेहरुमा मृतककै साथी हरिपूर्वा नगरपालिका वडा न-३ बस्ने  १८ वर्षीय अजयकुमार यादव र १९ वर्षिय कृष्ण भन्ने विश्वजित यादव रहेका छन् । उनीहरू दुबैजनालाई भारतबाट पक्राउ गरि ल्याइ बुधबार सार्वजनिक गरेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिएको छ।

    गत साउन १३ गतेदेखि हराइरहेको मृतक रायको शव साउन १६ गते धनकौल स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको कम्पाउण्डको पश्चिमतर्फ रहेको पुरानो शौचालयको सेफ्टी ट्याङ्कीमा टाउको,कन्चट,घाँटी तथा हातमा धारिलो हतियार प्रयोग गरि काटेर कर्तव्य गरि हत्या गरेको अवस्थामा बरामद भएको थियो।

     प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभियुक्तद्वय अजय र विश्वजित लागूऔषध सेवन गरिरहेका बेला सामान्य विवाद भएपछि सुशीलको हत्या गरेको खुलेको छ। उनीहरुको पुरानो पारिवारिक विवाद समेत रहेको प्रहरीको प्रारम्भिक अनुसंधानमा खुलेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी बिजय यादवले बताएको छ।

  दुवै अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरि जिल्ला अदालत सर्लाहीबाट ६ दिनको म्याद गराएर थप अनुसन्धान भइरहेको प्रवक्ता यादवले जनाएको छ।

No comments:

Post a Comment