सिसौटियामा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन
लोकतन्त्र समाचारदाता----
सर्लाही,साउन ३०
सर्लाहीको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादवले आज(सोमबार) वडा न-१० स्थित सिसौटियामा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको छ।
स्वास्थ्य सेवालाई विकासको पहिलो आधार मानेर नगर प्रमुख यादवले विभिन्न संघसंस्था एवं व्यक्तिहरुको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा सिसौटियामा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नु भएको छ।
ग्रामीण क्षेत्रका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिन उहाँले नगरपालिका भित्रका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गर्नु भएको स्वास्थ्य संयोजक प्रमोद पंडितले बताए ।
उद्घाटन कार्यक्रमको अवसरमा कार्यक्रममा उपस्थित भएका अतिथिहरुको रक्तचाप परिक्षण समेत गरिएको छ।
आजैबाट(सोमबार) गोडैता नपा अन्तर्गतका सम्पूर्ण वडाहरुमा स्वास्थ्य सेवा सुचारु भएको स्वास्थ्य संयोजक पंडितले जानकारी दिए।
No comments:
Post a Comment