Thursday, August 4, 2022

पब्लिक मावि मलंगवाका विद्यार्थीहरुलाई "एसईई शिक्षा पुरस्कार, २०७९"बाट सम्मानित

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १९

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित पब्लिक  माध्यामिक विद्यालय एस.इ.ई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरुलाई"एसईई शिक्षा पुरस्कार, २०७९"बाट सम्मानित गरेको छ।

   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरज कुमार रायको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय ईकाई निमित्त प्रमुख सुनिल कुमार कुशवाहाको प्रमुख आतिथ्यता र वडा न-२ का वडाध्यक्ष धिरेन्द्र साहको विशिष्ठ आतिथ्यतामा २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरूको सम्मानमा आयोजित कार्यक्रममा उत्कृष्ट अंक।ल्याउने  विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट कदरपत्र प्रदान गरि सम्मानित गरिएको हो।

   कार्यक्रममा ,एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएर  विद्यालयको नाम उच्च स्थानमा पुर्याएर जिल्लाको शैक्षिक उन्नतीमा अब्बल भुमिको खेलेकोमा खुसी व्यक्त गर्दै समन्वय ईकाई निमित्त प्रमुख कुशवाहाले शिक्षक तथा विद्यार्थीहरुलाई शुभकनासहित धन्यवाद दिएका थिए।

    विद्यालयको प्रांगणमा आयोजना भएको कार्यक्रममा पब्लिक माविका प्रअ सुवास कुमार यादव,सुन्दरपुर मावि का शिक्षक कमलेश राउत,सहायक प्रअ रामकिशोर महतो, शिक्षक-रविन्द्र कुमार पंडित, राम विश्वास साह, अमरेन्द्र शर्मा लगायत वि.व्य.समितिका पदाधिकारी,शिक्षक शिक्षिका,विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक शिक्षक शैलेन्द्र तिवारीले जानकारी दिए।

No comments:

Post a Comment