Tuesday, August 16, 2022

अपाङ्गता,पहँचयुक्ता,अपाङ्गमैत्री कार्यस्थल वातावरण सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम मलंगवामा सम्पन्न



 

लोकतन्त्र समाचारदाता---  

सर्लाही,साउन ३१ 

    प्रेरणा,हैण्डीक्याप इन्टरनेशनल तथा भि.एस.ओ को संयुक्त आयोजनामा अपाङ्गता,पहँचयुक्त,अपाङ्गमैत्री कार्यस्थल वातावरण सम्बन्धि ३ दिने तालिम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।

   प्रेरणा,हैण्डीक्याप इन्टरनेशनल तथा भि.एस.ओ को संयुक्त आयोजनामा गत आइतवार २९ गतेदेखि मलंगवामा सुरु भएको  तालिम आज ३१ गते मंगलबार सम्पन्न भएको छ । मलंगवा स्थित महेन्द्र होटलमा संचालन भएको उक्त तालिममा सहभागी भएका मलंगवा नगरपालिका तथा  कौडेना गाउँपालिका अन्तर्गतका शिक्षा,स्वास्थ्य,महिला तथा बालबालिका शाखा तथा पालिका स्तरका अपाङ्ग संघका प्रतिनिधिहरुलाई एविलिटी मञ्च काठमाडौबाट आएका सुर्दशन सुवेदीले  सहजीकरण गरेका थिए।

    तिनदिनको अवधिमा सहजकर्ता सुवेदीले सहभागीहरुलाई अपाङ्गताको परिचय,वर्गीकरण र राज्यले उनीहरूलाई दिएको सेवा सुविधाको बारेमा जानकारी गराइ स्थानीय निकाय  र विद्यालयहरु अपाङ्गता सम्बन्धि पहुँचयुक्तता छ या छैन त्यसको लेखाजोखा गरि कसरी  पहुँचयुक्त बनाउन सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए। यसका साथै तालिममा सहभागी भएकाहरु बिच समता,समान्ता न्यायीक्ता र लैंगिक पहुँच बारे छलफल समेत गरिएको थियो।

    तालिम संचालनको पहिलो दिन प्रेरणाका कार्यक्रम संयोजक रामचन्द्र चौधरीले सहभागीहरुलाई तालिमको उदेश्य र कार्यक्रम बारे जानकारी गराएका थिए।

   तालिममा दुइवटै पालिका अन्तर्गत सरोकारवाला शाखा तथा  पालिका स्तरका अपाङ्ग संघका प्रतिनिधिहरु लगायत आयोजक संस्था प्रेरणाका सम्पूर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो।


No comments:

Post a Comment