Wednesday, August 10, 2022

सर्लाही प्रहरी द्वारा भारतबाट अवैध रुपमा भित्र्याइएको ९ लाख बढीको सामान बरामद




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २५

    सर्लाही जिल्ला अन्तर्गत पर्ने नेपाल-भारत सिमा भएर अवैध रुपमा नेपाल भित्राइएका ९ लाख भन्दा बढी मुल्य बराबरको  विभिन्न सामानहरु  प्रहरीले बरामद गरि मंगलबार भन्सारलाई बुझाएको छ।

   जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवका अनुसार मंगलबार बेलुका ७ बजे भारतको सिमासँग जोडिएको  जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा न-४ स्थितबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको २ बोरा चिनी,२ बोरा मिल्क पाउडर, म्याङ्गो जुस र मोटरसाइकल समेत गरि ८५ हजार ६ सय ८० मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ।यसैगरी जिल्लाकै बलरा नगरपालिका वडा न-१ सेढवा स्थितबाट सोही दिन साँझ ६ बजे BR30 PA 3408 नम्बरको टेम्पुमा राखेर ल्याउँदै गरेको ३५ पिस एलइडी,३५ पिस साडी ,२८ पिस हटकेश,३० पिस ईमर्जेन्सी लाईट र टेम्पु समेत गरि ७ लाख ९८ हजार ८ सय मूल्य बराबरको सामानको साथै टेम्पु चालकसहित २ जना भारतीय नागरिकहरु टेम्पु चालक सितामढी जिल्ला ग्राम पञ्चायत मनिहारी वडा न-१३ बस्ने रामबाबु दासको छोरा अन्दाजी वर्ष २१ को कवि कुमार बनिया र ग्राम पञ्चायत रमनगरा वडा न-१० बस्ने नन्दलाल साह तेलीको छोरा अन्दाजी वर्ष-१० को सुनिल कुमार साहलाई नियन्त्रणमा लिएको डिएसपी यादवले बताएको छ।

    यसैगरी प्रहरीले  मंगलबार साँझ साढे ५ बजेको समयमा पर्सा गाउँपालिका वडा न-६ स्थितबाट भन्सार छलेर अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको ४२ हजार ७ सय ९० रुपैया बराबरको बल्बहरु नियन्त्रणमा लिएको छ।

    नियन्त्रणमा लिएका सबै सामान र सामान ल्याउने भारतीय नागरिकलाई आवश्यक कार्यवाहीको लागि मलंगवा स्थिग भन्सार कार्यालयमा बुझाएको प्रहरीले बताएको छ।

No comments:

Post a Comment