Thursday, August 4, 2022

काँग्रेस सर्लाहीको कार्यवाहक सभापति पदको जिम्मेवारी उप-सभापति डा.सरोज यादवलाई दिइयो

 






लोकतन्त्र समाचारदाता----

सर्लाही,साउन १९

      नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उप-सभापति डा.सरोज कुमार यादवले पाएका छन् ।

    पार्टीका जिल्ला सभापति सुरेन्द्र प्रसाद यादवलाई आफ्नो व्यक्तिगत कामले गर्दा केही समयको लागि जिल्ला बाहिर रहनु पर्ने भएकोले नेपाली काँग्रेस जिल्ला कार्यालय मलंगवा, सर्लाहीले सभापति सिंह पार्टीको काममा नफर्किए सम्मको लागि पार्टीको सम्पूर्ण कार्यहरु गर्ने जिम्मेवारी जिल्ला उप-सभापति डा.यादवलाई दिएको हो।

     उप-सभापति डा.यादवले बुधबार १८ गतेदेखि नै कार्यवाहक सभापति  पदको जिम्मेवारी सम्हालिसक्नु भएको छ।





No comments:

Post a Comment