Saturday, August 13, 2022

सर्लाही क्षेत्र न-२ मा संघीय सांसद पदको लागि माओवादी केन्द्रबाट दिनेश राय यादवद्वारा उमेदवरी घोषणा

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २८

    निर्वाचन आयोगले आगामी मंसिर ४ गतेको लागि तय गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका नेता दिनेश राय यादवले संघीय सांसदको पदमा उमेदवारी घोषणा गरेको छ ।

    नेता रायले सर्लाहीको निर्वाचन क्षेत्र न-२ बाट संघीय सांसद पदमा आफ्नो उमेदवारी घोषणा गर्नु भएको हो।

     उमेदवारी घोषणा गरेसँगै उहाँलाई आफ्ना शुभचिन्तकहरुबाट बधाई तथा शुभकामना ग्रहण गर्न भ्याइ नभ्याइ छ। राय क्षेत्र न-२ बाट चुनाव लड्ने ठूला तथा पुराना नेताहरुलाई टक्कर दिने हैसियतको विकास प्रेमी नेता रहेको उहाँ निकटका ब्यक्तिहरुले बताएका छन् ।

No comments:

Post a Comment