Thursday, August 4, 2022

लागुऔषधसहित हरिवनबाट २ जना पक्राउ




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १९

    लागुऔषध नियन्त्रण ब्युरो बिरगंजले लागुऔषध बेचबिखनमा संलग्न २ जना ब्यक्तिलाई सर्लाहीको हरिवनबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका वडा न-३ बस्ने ४२ वर्षीय रत्न मोक्तान र सोही ठाउँ बस्ने २८ वर्षीय दिपक श्रेष्ठ रहेका छन् ।

   विशेष सूचनाको आधारमा बुधबार दिउँसो १२ बजे हरिवन-४,गणेश चौक स्थित पुर्व पश्चिम लोकमार्गमा खटिएको ला.औ.नि.व्युरो शाखा बिरगंजको प्रहरी टोलीले पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र.२-०२-००४ प ९३८८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडी लुकाइ छिपाइ ल्याएको डायलेक्स डि.सी १०० एम.एल को बोतल-१०० थान फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

   लागुऔषध ल्याउने दुबैजनालाई फेलापारेको लागुौषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसंधान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ।

  



No comments:

Post a Comment