Tuesday, August 16, 2022

भन्सार छलेर ल्याएको ९ बोरा चिनी र २ लाखको किराना सामान बरामद





लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ३१

    सर्लाही प्रहरीले जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा न-४,त्रिभुवननगरबाट भारतबाट भन्सार छलेर भित्र्याइएको ९ बोरा चिनी बेवारिसे अवस्थामा बरामद गरेको छ।

    गस्तीमा रहेका प्रहरी टोलीले आइतवार अपराह्न साढ ३ बजे त्रिभुवननगर गाउँतर्फ गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा रहेको ९ बोरा चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

   यसैगरी सोही दिन प्रहरी टोलीले त्रिभुवननगर स्थित मेनगेट अगाडी चेकजाँच गर्ने क्रममा त्रिभुवननगरबाट बयलबासतर्फ जाँदै गरेको ना ४ ख ५३९९ नम्बरको यात्रुवाहक बसबाट २ लाख मूल्य बराबरको किरानाका सामानहरु बरामद गरि नियन्त्रणमा लिएको छ।

   बरामद गरिएका सबै सामान आवश्यक कार्यवाहीको लागि  नियन्त्रणमा लिइ मलंगवा स्थित जिप्रकामा राखिएको प्रहरी प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ।



 

No comments:

Post a Comment