Thursday, August 11, 2022

सर्लाहीमा सबैभन्दा बढी कृषि तथा वन्यजन्तु तर्फको नयाँ उद्योगहरु दर्ता ,सबैभन्दा कम उत्पादनतर्फ

 




मनोज यादव---

सर्लाही,साउन २६

     आर्थिक वर्ष २०७८/०७९ मा सर्लाही जिल्लामा जम्मा २ हजार १८७ बटा नयाँ उद्योगहरु दर्ता भएका छन् ।जसमध्ये १ हजार ५ सय ४१ वटा कृषि जन्य उद्योगहरु दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख जितेन्द्र किशोर गुप्ताले जानकारी दिनुभएको छ।

    घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीले आज(बिहीबार)जिल्लाको सदरमुकाम मलंगवामा आयोजना गरेको प्रगति समिक्षा गोष्ठीमा प्रमुख गुप्ताले सो कुराको जानकारी गराउनु भएको हो।

     आ.व २०७८/०७९ मा सेवामूलक ४१५, र उत्पादन मूलक २३१ वटा गरि जम्मा २ हजार १८७ वटा उद्योगहरु दर्ता भएको उहाँले जानकारी गराउनु भएको छ।

  गत आ.व २०७७/०७८ मा जम्मा १ हजार ९ सय ४३ वटा नयाँ उद्योगहरु दर्ता भएका थिए।उक्त आ.व मा पनि चालु आ.व को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तु तर्फ १ हजार ३ सय २४ वटा उद्योगहरु दर्ता भएका थिए भने सेवातर्फ ४३० र उत्पादनतर्फ १८९ वटा उद्योगहरु दर्ता भएको कार्यालय प्रमुख गुप्ताले बताउनुभयो ।

   चालु आ.व मा नयाँ र बाणिज्य तर्फ दर्ता भएका उद्योगहरु बाट राजश्व वापत २ करोड ९१ हजार ९ सय रुपैया संकलन भएको आयोजित गोष्ठी मार्फत जानकारी गराइएको छ। 

     विगतका दिनहरुमा यस कार्यालयको अवस्था जेस्तो रहेको भएपनि अहिले भने सेवाग्राहीहरुलाई सहज र छिटो छरितो तरिकाले सेवा प्रदान गर्दै आएको र यसबाट सेवाग्राहीहरु पनि सन्तुष्ट रहेको आफुहरुले महसुस गरेको कार्यालय प्रमुख गुप्ताले बताउनुभयो ।

    कार्यालयले प्रस्तुत गरेको प्रगति विवरण अनुसार जिल्लामा चालु आ.व मा ५ हजार ४ सय ३० जना पुरुष तथा ३६ हजार ५० जना महिलाहरुले  रोजगारी पाएका छन् ।

     कार्यालय प्रमुख गुप्ताको अध्यक्षतामा आयोजना भएको गोष्ठीमा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु लगायत कार्यालयका कर्मचारीहरुको सहभागीता रहेको थियो।

No comments:

Post a Comment