Thursday, August 11, 2022

कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु





लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २६

      सर्लाहीको हरिवनमा कारको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।

     बुधबार बिहान साढे ११ बजेको समयमा  हरिवन नगरपालिका वडा न-१० स्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत नयाँरोडमा पूर्वबाट पश्चिमतर्फ आईरहेको ना ३३ प २२९५ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आइरहेको  बा.७ च ९२२२ नम्बरको कारले ठक्कर दिँदा हरिवन नगरपालिका वडा न-११ निवासी  ३८ वर्षीय गुरुप्रसाद ढुंगेलको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    दुर्घटनामा परेि गम्भीर घाइते भएको  मोटरसाईकल चालक ढुंगेललाई उपचारको लागि  बिरगंज स्थित बयोधा अस्पतालमा  ल्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गरएका थिए।

    घटनामा संलग्न कार र कार चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।मृतको शव पोष्टमार्टम पछि परिवारले जिम्मा लिइसकेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment