Wednesday, August 17, 2022

गोडैता नगरपालिकाको वडा न-१ बहादुरपुर शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा

 




मनोज यादव----

सर्लाही,भदौ १

    सर्लाहीको गोडैता नगरपालिका वडा न-१,बहादुरपुरलाई  आज(बुधबार)एक समारोहका बिच शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको छ।उक्त वडाका ४ वर्षदेखि १२ वर्ष उमेर समूहका सबै बालबालिकाहरु विद्यालय भर्ना भएको प्रमाणित गर्दै नगरप्रमुख देवेन्द्र यादवले उक्त वडालाई शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गर्नुभएको छ।

   सबैका लागि गुणस्तरीय शिक्षाको अवसर जुटाउन दिगो विकासको लक्ष्य सबैको लागि शिक्षा कार्यक्रम,विद्यालय क्षेत्र सुधार कार्यक्रम,विद्यालय क्षेत्र विकास कार्यक्रम र नेपाल सरकारबाट स्वीकृत निति,निर्देशन,योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै पक्षको सल्लाह,सहकार्य,छलफल एवं सहमतिमा गोडैता नपाको वडा न-१ बहादुरपुरमा विद्यालय जाने उमेर समूह ४ देखि १२ वर्षसम्मका बालबालिकाहरु कोही पनि विद्यालय बाहिर नरहेको भन्दै सार्वजनिक रुपमा घोषणा गरिएको हो।

       आर.आर.पि.के तथा सेभ द चिल्ड्रेनको संयुक्त साझेदारी र गोडैता नगरपालिकाको समन्वयमा  संचालित समुन्नति कार्यक्रम अन्तर्गत वडा न-१को वडा कार्यालयले आयोजना गरेको शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा कार्यक्रमको अध्यक्षता वडाअध्यक्ष सोजित महतोले गर्नु भएको थियो।

    वडा न-१ स्थित प्राथमिक विद्यालयको प्रांगणमा नगरप्रमुख यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अतिथि प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव,शिक्षा शाखा प्रमुख प्रमोद यादव,स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडित,वडा न-१ का वडा सचिव अनिल कुमार गुप्ता ,आर.आर.पि.के का अध्यक्ष गायत्री देवी महतो,आर आर पि के का शिक्षा अधिकृत निरज मिश्र लगायत स्थानीय समाजसेवी,बुद्धिजीवी,राजनीतिकर्मी,अभिभावक तथा सहयोगी संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment