Thursday, August 11, 2022

मोटरसाईकल सहित एक जना चोर पक्राउ

 



नवाब अली----

रौतहट,साउन २६

    मोटरसाइकल चोरी गरी चलाउँदै गरेका एकजना चोरलाई प्रहरीले  मोटरसाइकलसहित पक्राउ गरेको छ।

    विशेष सूचनाको आधारमा मंगलबार बिहान ११ बजे ईलाका प्रहरी कार्यालय कोप्वापिपरीयाबाट खटिएको प्रहरी टोलीले रौतहटको बौधीमाई नगरपालिका वडा नं.३ स्थितबाट स्थानीय एक युवक २१ वर्षीय चन्दन पटेललाई चोरी गरि चलाउँदै गरेको  बा.७४ प ५५२५ नं. को २२० सि.सि.को पल्सर मोटरसाईकलसहित  पक्राउ गरेको हो।

   निजलाई चोरी कसुर अन्तर्गत मुद्धामा  रौतहट जिल्ला अदालतबाट म्याद गराई  हिरासतमा  राखेर थप अनुसन्धान कार्य भईरहेको जिप्रका रौतहटले जनाएको छ।


  

No comments:

Post a Comment