Thursday, August 4, 2022

अज्ञात ब्यक्तिको बेवारिसे शव बरामद

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १९

    सर्लाहीको हरिवन नगरपालिकाबाट प्रहरीले अन्दाजी ४० वर्षका पुरुषको बेवारिसे शव बरामद गरेको छ।

    हरिवन नपा वडा न-११ स्थित पाडा बजारमा पहाडी मुलको जस्तो देखिने एक पुरुषको बेवारिसे शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए।

   बजारमा डुलेर मागी खाँने टुल्कु भनेर चिनिने उक्त व्यक्तिको शवको पहिचान नभएकोले अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

No comments:

Post a Comment