Saturday, August 13, 2022

नेपाली काँग्रेस सर्लाही क्षेत्र नं-२ का क्षेत्रीय सभापति कौशल किशोर रायद्वारा प्रदेश सांसदमा उम्मेदवारी दिने प्रवल सम्भावना




लोकतन्त्र समाचारदारा---

सर्लाही,साउन २८

      नेपाली काँग्रेस सर्लाही क्षेत्र न-२ का क्षत्रीय सभापति कौशल किशोर रायले सर्लाही क्षेत्र न-२,प्रदेश ( ख )बाट प्रदेश सांसदको लागि पार्टीले टिकट दिएर उमेदवार बनाएको खण्डमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ।

    क्षेत्रीय सभापति राय आगामी आगामी मंसिर ४ गते हुन लागेको  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि  सर्लाही जिल्लाको क्षेत्र न-२,प्रदेश(ख)मा प्रदेश सभाको उमेदवारको लागि बलियो दावेदार हुनुहुन्छ ।रायको लोकप्रियतालाई देखेर त्यस क्षेत्रका जनताहरुले पनि पार्टीले टिकट दिर उमेदवार बनाएको खण्डमा  रायको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-११,गम्हरिया निवासी राय केही दिन अगाडी सम्पन्न भएको नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट  क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको थियो।त्यस अघि उहाँ लगातार ३ कार्यकाल नेपाल शिक्षक संघ सर्लाहीको जिल्ला अध्यक्ष पदमा रहेर संघको जिम्मेवारी सफलतापुर्बक निर्वाह गरिसक्नु भएको छ।रायले आफ्नो कार्यकालमा संघलाई  मजबुत बनाउन संगठन विस्तारमा कुनै कसर नछाडेको र त्यसमा उहाँ सफल पनि हुनुभएको ने.शि.संघ सर्लाहीले जनाएको छ।

     सर्लाही क्षेत्र न-२ को क्षेत्रीय सभापतिको भूमिका निर्वाह गर्दै हालै सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने नगरपालिका र गाउँपालिकाहरुमा नेपाली कांग्रेसबाट  उम्मेदवार बनेका सबै नेताहरुलाई  जिताउन सफल हुनुभएका राय आफ्नो क्षेत्रमा  प्रजातन्त्र प्रेमी,निष्पक्ष,इमानदार,समाजसेवी तथा प्रखर वक्ताको रुपमा लोकप्रिय हुनुहुन्छ ।पार्टीको आधिकारिक टिकटको प्रतिक्षामा रहेपनि राय उमेदवार बन्न लागेको जानकारी पाएकामदार प क्षेत्र न-२ का जनताहरु निकै नै खुसी भएको उहाँ निकटका ब्यक्तिहरुले बताएका छन् । 

   नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष रहँदा नै संगठन परिचालनको अनुभव लिइसक्नुभएका राय पार्टी भित्र एउटा कुशल संगठन कर्ताको रुपमा मानिनुहुन्छ ।लामो समयदेखि राजनितीमा लाग्नु भएका राय प्रदेश सभाको उम्मेद्वारका लागि बलियो दावेदार हुनुहुन्छ ।


No comments:

Post a Comment