Thursday, August 11, 2022

भाँडसर माइती आएकी महिलाको पोखरीमा डुबेर मृत्यु

 




लोकतन्त्र समाचारदाता----

सर्लाही,साउन २६

     सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिका वडा न-५ भाँडसर स्थित रामजानकी मन्दिरको सार्वजनिक  पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको छ।

     जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रबक्ता एवं डिएसपी बिजय यादवका अनुसार बुधबार साँझ करिब साढे ४ बजेको समयमा रामजानकी मन्दरको सार्वजनिक पोखरीमा स्थानीय लक्की यादवकी श्रीमती २१   वर्षीया अर्चना यादवको शव डुबेको अवस्थामा भेटिएको हो ।

   मृतक यादव भारतको सितामढी जिल्ला ग्राम पञ्चायत जयनगरको अररिया स्थित ससुराली घर भइ हाल मलंगवा नपा-५ भाँडसर बस्दै आएको प्रहरीले बताएको छ।

   मृतक महिलाको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।घटनाको विषयमा अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment