Saturday, August 6, 2022

सर्लाहीमै पहिलोपटक सहारा मल्टिपर्पसले सहकारीले सुरु गर्यो QR Code बाट भुक्तानी सेवा




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २१

    सर्लाही जिल्लामा रहेका सयौं  सहकारी संस्थाहरुको बिचमा सदरमुकाम मलंगवामा रहेको सहारा मल्टिपर्पस को-आपरेटिभ सोसाइटी लिमिटेड सहकारीले जिल्लामै पहिलोपटक  QR Code बाट भुक्तानी सेवाको सुरुवात गरेको छ ।

    बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ यस संस्थाले आफ्ना सबै सेवा केन्द्रहरू तथा मलंगवामा संचालित डिपार्टमेन्ट स्टाेरमा QR Code बाट भुक्तानी सेवा सुरु गरेको संस्थाका प्रबन्धक सुनिल कुमार गुप्ताले जानकारी दिएको छ।

   रकम झिक्न आउँदा खाताधारीले चेक ल्याउन बिर्सिएको अवस्थामा E-teller QR गरि आफ्नो खाताबाट एक Click मा रकम निकाल्न सकिने छ।  व्यापारिक शेयर सदस्यहरूलाई विजनेश सेविङ्ग  खातामा आकर्षक ब्याजदर ५ देखि ९ प्रतिशतसम्म दिई QR Cord  निशुल्क उपलब्ध गराइने प्रबन्धक गुप्ताले बताए ।

  

No comments:

Post a Comment