Wednesday, August 17, 2022

स्रोत नखुलेको रकम र सुनसहित दुईजना पक्राउ




लोकतन्त्र समाचारदाता---

सर्लाही,भदौ १

    सर्लाहीको बरहथवा नगरपालिका वडा न-११ हिरापुर व्यारेज स्थितबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ र सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी जिल्लाको शिखर नगरपालिका वडा न-७ घर भई हाल काठमाडौं वडा न-१० कपन बस्दै आएका तीज बहादुर कठायतको छोरा ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण नगरपालिका वडा न-२, दुवाकोट बस्ने सुमन खत्रीको छोरा ३१ वर्षीय विशाल खत्री रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

     जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी बिजय यादबका अनुसार मंगलबार साँझ साढे ६ बजेको समयमा हिरापुर ब्यारेजस्थित प्र०२-०३३ प ७७५० नम्बरको मोटरसाइकलमा नयाँरोडबाट हिरापुरतर्फ जाँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको नगद ३६ लाख रुपैया र सुनका गहनाहरु ब्रासलेट १ थान सिक्री १ थान(२ सय ३३ ग्राम २ सय ८० मिली)गरि अन्दाजी १९ लाख ५८ हजार रुपैया मुल्य बराबरको सुन बरामद भएको छ।

    पक्राउ परेका दुबैजनालाई नगद रकम, सुन र मोटरसाइकलसहित नियन्त्रणमा लिइ सोही दिन आवश्यक कार्यवाहीको लागि सर्लाही कार्यालय मलंगवा पठाएको प्रवक्ता यादवले जनाएको छ।

No comments:

Post a Comment