Thursday, August 4, 2022

सर्लाहीको औरही चौकबाट किर्ते नागरिकता मुद्दाका फरार प्रतिवादी पक्राउ

                  



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १९

    जिल्ला अदालत सर्लाहीको फैसलाले नागरिकता किर्ते मुद्धामा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना भई फरार रहेको प्रतिवादी चक्रघट्टा गाउँपालिका वडा न-८ औरही बस्ने ५० वर्षीय आवास खान भन्ने आवास खान पैठानलाई बुधबार  प्रहरीले पक्राउ गरेको छ ।

   पैठानलाई गस्तीमा खटिएको प्रहरी टोलीले सोही गाउँपालिकाको औरही गाउँको चौकबाट फेला पारी पक्राउ गरेको हो ।

   पक्राउ परेका पैठानलाई नियन्त्रणमा लिइ  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment