Friday, August 19, 2022
झ्याप–झ्याप बत्ती जाने समस्या हटेन,बिजुलीको प्रयोग नगरेपनि बिल भने अनिवार्य तिर्नै पर्ने
विद्युत प्राधिकरणका कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरु सँग छिनछिनमा लाइन जाने समस्याको कारणबारेमा जानकारी लिन फोन गर्दा फोन नउठाउने र यदी उठाइहाले पनि ३३ केभीमा खराबी आएको,फ्युज उडेको, पोल ढलेको,तारमा रुख ढलेर तार चुडेको खालका रेडिमेड जवाफ फर्काउने गरेको उपभोक्ताहरुले बताए ।कतिबेला लाइन आउँछ भनेर सोद्धा प्राविधिकहरु काममा लागेको छ केही छिनमै लाइन आउँछ भनि फोन काट्ने गरेको उपभोक्ताहरुले भने। प्राविधिकहरु समस्याग्रस्त लाइनको मर्मत गरेर विद्युत सुचारु गरेपनि केहीबेरमै पुनः कटेर घन्टौंसम्म विद्युत सेवा अवरुद्ध हुने गरेको छ । उपभोक्ताहरु यो समस्याबाट एक या दुईदिन मात्रै नभइ दैनिक रुपमा पिडित भइरहेका छन्।लोडसेडिङ अन्त्यपछि पनि उपभोक्ताले निरन्तररूपमा यस्तो समस्या झेल्दै आएका छन् । मलंगवा नगरपालिका निवासी क्याम्पसका विद्यार्थीहरुले विद्युत आपूर्ति अनियमित हुँदा आफुहरुकाे पढाइ प्रभावित हुने गरेकाे गुनासाे गरेका छन् ।दिउँसो पंखा,कुलर नचल्दा गर्मीले गर्दा एकठाउँ बसेर पढ्न सकिन्दैन भने राति बत्ती नभएर पढ्न सकिन्दैन उनीहरू गुनासो गरे। दिन रात झ्याप–झ्याप बत्ती गइरहेको छ ।फ्युज शाखामा फोन गर्दा, मर्मत हुँदैछ भन्छन्। बत्ती कुर्दा कुर्दै अरु काम पनि प्रभावित हुने गरेको उपभोक्ताहरुको शाझा गुनासो छ। दिनरात बत्ती काटिने समस्या उपभोक्ताहरुको लागि विकराल बनेको छ। अनियमित विद्युत आपुर्तिका कारण बिजुलीबाट चल्ने उपकरणहरु नचल्दा सबैखाले कार्यालयहरुबाट प्रदान गरिने सेवा देखि व्यापार व्यवसाय प्रभावित भएका छन्।अनियमितरूपमा भइरहने हाइ र लो-भोल्टेजका कारण विद्युतिय उपकरणहरु बिग्रेर हजारौं लाखौं रुपैयाँको क्षति भइसकेको उपभोक्ताहरुले दुखेसो पोखेका छन।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment