Tuesday, August 9, 2022

यसवर्षको बागमतीदेखि मढियाधामसम्मको बोलबम काँवर यात्रा सम्पन्न

 

===कोरोनाका कारण बन्द  गरिएको बोलबम यात्रा पुनः सुरुभएपछि हजारौं काँवरियाहरुले महादेवलाई जल चढाए===


लोकतन्त्र समाचारदाता----

सर्लाही,साउन २४

    यसवर्षको बोलबम काँवर यात्रा सम्पन्न भएको छ।

   सर्लाहीको मलंगवामा हिन्दु परिषद नेपालले  वृद्ध सेवा धार्मिक समितिद्वारा आयोजित बोलबम यात्रा सम्पन्न भएको छ ।

   कोरोना भाइरसको संक्रमणबाट बच्न तथा  नियन्त्रणकालागि गएको दुई वर्षदेखि बन्द रहेको बागमती-मढिया बोलबम काँवर यात्रा पुनः संचालनमा आएपछि हजारौं  भक्तहरुद्वारा मढियामा रहेको मंकेश्वर महादेवलाई जलाभिषेक गरि यस वर्षको बोलबम काँवर यात्रा सम्पन गरेको छ।

  सर्लाही र रौतहट जिल्लाको सिमा भएर बग्ने बागमती नदीबाट जल लिएर   मढियाको मंकेश्वर महादेवको शिवलिंङ्गमा साउन महिनाको प्रत्येक आइतवार जल चढाउने परम्परा रहँदै आएको छ।

   नेपालतर्फको बागमती नदीबाट कावँरमा जल बोकेर भारततर्फ मढियाघामसम्मको ६० किलोमिटर भन्दाबढी दुरी पार गरेर मंकेश्वर महादेवलाई जलाभिषेक गर्न खालिखुट्टा पैदल हिंडेका बोलबम तिर्थ यात्रुहरुको सेवाका लागि मलंगवा नगरपालिका वडा न-८ स्थित राजश्री सिनेमा हल चौक, नगरपालिका चौक,  बालमन्दिर चौक लगायत नगरका विभिन्न स्थानहरुमा हिंदु परिषद् नेपाल र शिव शिष्य परिवारले काँवरियाहरुको सेवाको लागि शिविरहरु संचालन गरेका थिए।

   ठाउँठाउँमा संचालित उक्त शिवर मार्फत बोलबम यात्रुहरुलाई निशुल्क भोजन,स्वास्थ्य सेवाको साथसाथै यात्राको क्रममा थकित भएका तिर्थालुहरुको आरामको समेत ब्यवस्था गरिएको हिन्दु परिषद् नेपालका केन्द्रीय सदस्य धिरेन्द्र झाले जानकारी दिए।

   झाले सेवा शिविर संचालनमा सहयोग पुर्याउने सम्पूर्ण दाताहरुलाई परिषदको तर्फबाट धन्यवाद समेत दिएका छन् ।

No comments:

Post a Comment