Tuesday, August 16, 2022

बागमती नहरमा एक अज्ञात पुरुषको शव फेला पर्यो

 

     सर्लाही,साउन ३१

    सर्लाहीको हरिवन नगरपालिका वडा न-६ स्थित बागमती नहरमा एक अज्ञात पुरुषको शव फेला परेको छ ।

     मधेसी मुलको जस्तो देखिने अन्दाजी ४०/४५ वर्षीय नाम वतन नखुलेको परुषको शव आइतवार साँझ ७ बजे नहरको साईफनमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

  मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइ घटनाको सम्बन्धमा अनुसंधान भइरहेको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ ।


No comments:

Post a Comment