Saturday, November 21, 2020

ट्याक्टर पल्टिएर चालकको मृत्यु

रुना धामी --------


सर्लाही ,मंसिर ६

   सर्लाहीको  हरिवन नगरपालिका वडा न- २ अत्रौली स्थित बेलचौतारामा शुक्रबार  राती ट्याक्टर दुर्घटनामा परि  चालकको मृत्यु भएको छ ।

     सिन्धुलीबाट  घरको पुरानो  काठहरु  लिएर आउँदै गरेको ना ६ त ३०९३ नम्बरको ट्याक्टर राती करिब ९ बजेतिर सडकबाट झण्डै ३० फिटजति तल खोँचमा अनियन्त्रित भइ खसेर पल्टिँदा चालक हरिवन नगरपालिका वडा न- २ बेलचौताराकै ४१ वर्षीय कामी सिंह घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।ट्याक्टरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको घलानको  शव रातभर घटनास्थमै रहेको थियो ।

   मृतकको शव  पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा राखिएको  प्रहरीले जनाएको छ।


No comments:

Post a Comment