Friday, November 27, 2020

लैगिंक हिंसा निवारण सम्बन्धि अभिमुखिकरण सप्पन्न

 लोकतन्त्र समाचारदाता----

सर्लाही ,मंसिर १२

      समग्र रूपमा लैगिंक उतरदायिक तथा जवाफदेही न्यायमा पहुच सुद्विढिकरण सहज परियाेजनाकाे अायाेजनामा लैगिंक हिंसा सम्बन्धि नीति तथा कानुन बिषयक २ दिने अभिमुखिकरण कार्यक्रम सप्पन्न भएकाे छ ।  

     सहज परियाेजनाले अायाेजना गरेकाे कार्यक्रममा ब्रहमपुरी गाउपालिकामा महिला अधिकारकाकाे संरक्षण गर्न गठित विभिन्न महिला समुहहरूबाट २० जना महिलाहरूकाे कार्यक्रममा सहभागिता रहेकाे थियाे । सहभागी महिलाहरूलाई लैगिंक कसरी निवारण र नियन्त्रण गर्ने यस सम्बन्धि कानुनी प्रकृयाकाे बारेमा अधिवक्ता काैशल किसाेर साह र महिला शान्ति सेवा केन्द्र प्रमुख बिनिता कार्कीले प्रशिक्षण दिनु भएकाे सहज परियाेजनाकि समाजिक परिचालक गुन्जा साहले बताईन । 

     लैगिंक हिंसा सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम ब्रहमपुरी गाउपालिकाका अध्यक्ष बिनाेद कुमार साहकाे प्रमुख आतिथ्य तथा अध्यक्षतामा समापन भएकाे अायाेजक संस्थाले जनाएकाे छ ।

No comments:

Post a Comment