Sunday, November 8, 2020

मोटरसाइकलको ठक्करबाट सर्लाहीमा २ जना घाइते

 




सर्लाही ,कात्तिक २३

     नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत सर्लाहीको कविलासी नगरपालिका वडा न-८ स्थित अगर्वामा सनिवार अपराह्न मोटरसाइकलको ठक्करबाट एकजना साइकल यात्री घाइते भएका छन् ।  

     अपराह्न  करिब सवा ४ बजेको समयमा सदरमुकाम मलंगवाबाट नवलपुर  तर्फ आउँदै गरेको ना ४७ प ७७६९ नम्बरको  मोटरसाइकलको ठक्करबाट सोही दिशातर्फ आउँदै गरेको साइकल यात्री स्थानीय किशोरी रायका छोरा अन्दाजी १९ वर्षिय पप्पु कुमार यादव घाइते भएको प्रहरीले जनाएको छ । घाइते यादवको उपचार दुर्घटनामा संलग्न मोटरसाइकलका चालकको खर्चमा जिल्ला अस्पताल मलंगवामा चलिरहेको छ भने मोटरसाइकल प्रहरी चौकी कविलासीको नियन्त्रणमा राखिएको छ ।

    त्यस्तै सोही दिन दिउँसो १ बजेको समयमा बरहथवा नगरपालिका वडा न-७ बनटोल स्थित भित्री सडकमा सोही ठाउँ बस्ने शिव शरण दासकी १३ वर्षिया छोरी दिपिका कुमारी दासलाई ठक्कर दिएको छ ।मोटरसाइकलको ठक्करबाट दायाँ खुट्टा भाँचिएर घाइते भएकी दिपिकालाई बरहथवा स्थित निजी अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारको लागि बिरगंज तर्फ पठाइ मोटरसाइकल र त्यसका चालकलाई अनुसंधानको लागि इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा डिएसपी मदन कुवँरले जनाएको छ ।



No comments:

Post a Comment