Friday, November 13, 2020

पत्रकार महासंघ सर्लाहीको दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

 





सर्लाही ,कात्तिक २८

     नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आज(शुक्रवार) सदरमुकाम मलंगवामा दिपावली एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि  मिडिया क्षेत्रको समसामयिक चुनौती र असरको बारेमा फ्रि मिडिया नेटवर्कको विस्तारित बैठक सम्पन्न गरेको छ । 

   शाखाका अध्यक्ष विश्वनाथ ठाकुरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ का केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र रहेका थिए । 

कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ,प्रहरी नायव उपरीक्षक मदन कुवँर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ ,नेकपा सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्त ,मलंगवा नपा मेयर निरसल साह,पुर्व क्याम्पस प्रमुख कृष्ण कुमार यादव,नेपाल वार एसोसिएसन सर्लाहीका नरेश कुमार चौधरी ,जसपाका विरेन्द्र राय,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

   कार्यक्रमको संचालन पत्रकार सुनिल ठाकुरले गरेका थिए भने महासंघ सर्लाही शाखाका सहसचिव सत्यप्रकाश यादवले  स्वागत मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment