Wednesday, November 11, 2020

मोटरसाइकलको ठक्करबाट पैदल यात्री महिला घाइते

   


लोकतन्त्र समाचारदाता----
सर्लाही ,कात्तिक २६
     सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-२ स्थित भित्री सडकमा मंगलबार साँझ  मोटरसाइकलको ठक्करबाट  एकजना पैदल यात्री महिला घाइते भएका छन्।
     साँझ करिब सवा सात बजेको समयमा पोखरियाबाट बयलबास तर्फ आउँदै गरेको BR 30M 3918 नम्बरको मोटरसाइकलले पैदल यात्री सोही ठाउँ बस्ने स्थानीय राम आश्रय महतोकी ३५ वर्षिया श्रीमती विमला देवी महतोलाई ठक्कर दिएको हो ।
     महिलालाई ठक्कर दिने मोटरसाइकलका चालक चन्द्रनगर गापा वडा न-४ बस्ने ३० वर्षिय सुनिल साहलाई मोटरसाइकल सहित प्रहरी चौकी मोहनपुरको नियन्त्रणमा राखिएको छ भने घाइते महिलाको उपचार बयलबास स्थित इश्वरपुर हेल्थ केयरमा भइरहको र हाल उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रवक्ता एवम् डिएसपी मदन कुवँरले जनाएको छ ।

No comments:

Post a Comment