Saturday, November 28, 2020

भलुवाहामा विद्युत सर्ट भएर आगलागी,२ लाखको क्षति

 



लोकतन्त्र समाचारदाता---
सर्लाही ,मंसिर १३
 सर्लाहीको कबिलासी नगरपालिकामा शुक्रबार राती  आगलागी हुँदा एक गोठ जलेर नष्ट भएको छ ।
     कबिलासी नगरपालिका वडा न-९ भलुवाहामा स्थानीय देवनारायण रायको फुसले छाएको चौपाया बाँध्ने गोठमा विद्युत सर्ट भई आगलागी हुँदा गोठ पुर्ण रुपमा जलेर नष्ट हुँदा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
   आगलगीबाट गोठ भित्र रहेका  बाख्रा ६ वटा ,बाख्राको  पाठो ५ वटा र खसी ३ वटा जलेर मरेको प्रहरीले जनाएको छ ।राती पौने ९ बजे तिर सुरु भएको आगलागी स्थानीय र प्रहरीको सक्रियतामा राती १० बजे पुर्णरुपमा नियन्त्रणमा लिइएकोले थप क्षति हुन नपाएको र कुनैपनि किसिमको मानवीय क्षति पनि नभएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिएको  छ ।

No comments:

Post a Comment