Thursday, November 26, 2020

तटबन्ध गर्न संघीय सांसद महेन्द्र राय द्वारा लखनदेही र झिम नदिको निरिक्षण

 




सर्लाही,मंसिर ११
    सर्लाहीबासी संघीय सांसद तथा जनता समाजवादी पार्टी नेपालका नेता महेन्द्र राय यादवले  गत असार महिनामा आएको बाढीले भत्काएको तटबन्धको मर्मत सम्भार  गर्ने उदेश्यले नदि निरिक्षण गरेका छन् ।
     सर्लाही निर्वाचन क्षेत्र न-२ बाट निर्वाचित संघीय  सांसद रायले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत मलंगवा ,कबिलासी नगरपालिका र  ब्रह्मपुरी , कौडेना गाउँपालिका स्थित लखनदेई र झिम नदिको निरिक्षण गरेका हुन । वर्षेनी खोलामा आउने बाढीले गर्ने कटान नियन्त्रण र बस्ती जोगाउन आफू गम्भीर रहेको उहाँले  बताउनु भएको छ  ।  नदि निरिक्षण गर्ने क्रममा सो कुरा सांसद यादवले बताएका हुन् ।
    लखनदेई र झिम नदिको बाढीका कारण खेतीयोग्य जमिन र बस्ती असुरक्षित बन्दै गएकोले नदि नियन्त्रण गर्न अति आवश्यक रहेको सांसद यादवको ठहर रहेको छ । नदि कटानको समस्यालाई गम्भीरतापूर्वक लिदै सांसद यादवले ठाउँ ठाउँमा भत्किएको तटबन्ध तत्काल मर्मत सम्भार गर्ने प्रतिवद्धता जनाए । साथै सांसद यादवले अन्य नयाँ सम्भावित ठाउँहरुको पहिचान गरि तटबन्ध निर्माणका लागि आवश्यक प्रक्रिया थाल्न जनताको तटबन्ध कार्यक्रम सर्लाहीका कार्यालय प्रमुख डिभिजनल इन्जिनियर रवीन्द्र कुमार शर्मालाई निर्देशन समेत दिनुभएको छ ।
     बुधबार गरिएको निरीक्षणमा जनताको तटबन्ध कार्यक्रम सर्लाहीका कार्यालय प्रमुख डिभिजनल इन्जिनियर  शर्मा, इन्जिनियर रन्धिर झा, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी, कबिलासी नपाका मेयर कौशल किशोर राय, मलंगवा  नपाका मेयर निरसल साह,  जसपाका नेता काशी राय, निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष रामविनय राय, मलंगवा  नपा वडा न- १० का वडाध्यक्ष मुकेश झा, वडा न- ९ का वडाध्यक्ष दिपलाल महतो, वडा न- ६ का वडाध्यक्ष तैयब मिया मुकेरी लगायत पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयबासीहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment