Sunday, November 29, 2020

आफ्नै ६ बर्षिया छोरीलाई पटकपटक बलात्कार गर्दै आएका बाबु सर्लाहीको हरिपुरबाट पक्राउ

 


लोकतन्त्र समाचारदाता----

सर्लाही ,मंसिर १४

   आफ्नै ६ वर्षिया छोरीलाई पटकपटक  बलात्कार गरेको आरोपमा सर्लाहीको हरिपुरबाट  एक ब्यक्ति  पक्राउ परेका छन्।

     इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले आज(आइतवार) भारतको मुजफ्फरपुर घरभई हाल हरिपुर न.पा वडा न-६  स्थित ससुराली घर बस्दै आएका एक भारतीय पुरुष(बाबु) पक्राउ परेका हुन्।

    दुई छोरा र एक छोरी गरि जम्मा ३ सन्तान मध्येकी पिडित बालिका माहिली छोरी हुन ।श्रीमती सहित परिवारका सबै सदस्य ईट्टा भट्टामा मजदुरी गर्दै सोही ईट्टा भट्टाको एक सानो झुपडीमा बस्दै आउने क्रममा प्रतिवादीले २०-२५ दिन पहिला नाबालक छोरी लैला खातुन(परिवर्तित नाम)लाई राती सुतेको बेला उठाइ झुपडि भन्दा बाहिर लगी करणी गर्ने प्रयास गरेको र मुखमेैथुुन गरेको  भनी छोरीले बताउँदा निजकी आमाले पतिलाई अब आइन्दा यस्तो नगर्न भनी सम्झाइ बुझाई गरि एकपटकको लागि छाडेको तर पुनः मंसिर १२ गते राती सुतेको बेला छोरीलाई उठाइ झुपडीको उत्तर पट्टिको कुनामा लगि करणी गर्ने प्रयास गरि मुखमेैथुुुन गरेको कुरा पिडितले भोली पल्ट बिहान रुँदै बताए पछि आमाले  पति उपर आवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालयमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

      पिडक बाबुलाई पक्राउ गरि पिडित छोरी सँगै जिल्ला अस्पताल मलंगवामा स्वास्थ्य परिक्षण गराई  प्रतिवादीलाई आज जबर्जस्ती करणी कसुर अन्तर्गत जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गराइ अनुसंधान अगाडी बढाएको जिप्रका सर्लाहीले जानकारी दिए ।







No comments:

Post a Comment