Monday, November 16, 2020

बाेडर नाका नखुले भाेली(मंगलबार ) देखि चरणबद्व अान्दोलनकाे घाेषणा



                               

लाेकतनत्र समाचारदाता-                                                                  सर्लाही १ मंसिर 

      नेपाल-भारत सीमानाका बिगत ८ महिना देखि बन्द भएपछि सर्लाहीका जनता दुख भाेगन बाध्य रहेकाे बताउदै जनता समाजवादी पार्टीले भाेली देखि चरणबद्व अान्दोलन गर्ने घाेषणा गरेकाे छ । सीमानाका बन्द रहेकाे अवस्थामा स्थानीय जनता १ रूपैयाकाे सामान ५ रूपैयामा किनन बाध्यता रहेकाे छ । बाेडर बन्द रहेकाेले जिल्लामा कालाबजारी, तसकरी र चाेरी निकासी बढदै गएकाेले सीमानाका (बाेडर) खुलाउनुकाे बिकलप नरहेकाे जसपाका नेता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चाैधरीले बताउनु भयाे । जनता समाजवादी पार्टीद्वारा अायाेजित शुभकामना अादान प्रदान कार्यक्रममा जि,स,स,प्रमुख चाैधरीले याे कुरा बताउनु भएकाे हाे ।                                         गाेडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले हुलाकी सडक निर्माणमा ढिलाई भएपछि मधेशका जनता दुख भाेगन बाध्य भएकाे बेला उखु किसानकाे बाकी बक्यौता चिनी मिलले किसानलाई नदिएपछि थप समस्यामा किसानहरू परेकाे मेयर यादवकाे भनाई थियाे । अाज बिहान जसपाबाट निर्वाचित स्थानीय तहका मेयर उपमेयर लगायत पदाअधिकारीहरूकाे बैठकले भाेली देखि नाका खुलाउन सीमानाकामा धर्ना र बिराेधका कार्यक्रमहरू गर्ने निर्णय भएकाे छ । सरकारले मधेशी जनताकाे माग अनुसार सीमानाका खुलला नगरे चरणबद्ध रूपमा अान्दोलन गर्ने जसपाका नेताहरूले बताएकाे छ ।                                     शुभ-दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि प्रदेश सरकारको वन,उधोग,पर्यटन तथा वातावरण मन्त्रालयका राज्य मन्त्री मा.सुरेश मण्डलको प्रमुख आतिथ्य रहेकाे कार्यक्रममा जसपा नेपालको नव नियुक्त केन्द्रिय सदस्य,पार्टीका नेताकार्यकर्ता,जसपा नेपाल निकट विभिन्न पालिका प्रमुख तथा आम जनसमुदायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

No comments:

Post a Comment