Saturday, November 28, 2020

तराईमा चिसो बढ्यो ,व्यापारीहरु घर आँगनमै पुगेर मेसिनद्वारा सिरक डसना बनाउँदै

 




अजिता चौधरी----
सर्लाही ,मंसिर १३
  जाडो महिना सुरु भएसँगै सर्लाहीमा  न्यानो कपडा र सिरक–डसनाको कारोबारमा वृद्धि भएको छ ।
    जोडोमा प्रयोग गरिने सिरक डसनाको व्यापार बढ्न थालेपछि घुमन्ते धुनिया र व्यापारीहरुलाई दिनहुँजसो नयाँ तथा पुराना सिरक डसना बनाउन भ्याइनभ्याई भएको छ ।
     बदलिँदो समय सँगै नयाँ नयाँ प्रविधिको विकास हुन थलेपछि आजभोली  सिरक तथा डसनाहरु  मेसिनले पेलेर तयार पारेको कपासबाट बनाउने थालिएको छ ।धुनियाहरुले सिरक,डस्ना र सिरानीका लागि पुराना फाटेका थोत्रा कपडालाई मेसिनमा पेलेर कपास बनाउने गरेका छन् । जसले गर्दा पुराना र प्रयोग विहिन भइसकेका कपडाहरु पनि पु:न प्रयोगमा आउन थालेका छन् ।
   एउटा सिरक बन्नका लागि  ५ देखि ८ किलोसम्म कपास लाग्ने भए पनि ग्राहकको माग अनुसारको सिरक डसना बनाउने गरेको मलंगवा वडा न-२ मा मेसिनले  कपास पेल्दै गरेका रौतहट जिल्ला स्थाइ घर बताउने घुनिया(व्यापारी) ले बताए ।
   व्यापारीका अनुसार, विगतको समयमा भारतबाट आयात गर्नुपर्ने सिरक एवं डसना अहिले  घर–घरमै गएर ग्राहकहरुकै पुराना काम नलाग्ने कपडाबाट कपास तयार पारेर बनाइदिने गरेका हुन ।
  कपास तयार पार्न ट्याक्टरमा जडान गरिएको  एउटा मेसिनको साथमा ३ देखि ४ जनाको समूह हुने गरेका छन् ।

No comments:

Post a Comment