Saturday, November 7, 2020

सर्लाहीको जुटपानीमा मोटरसाइकल दुर्घटना,पैदल यात्री सहित ३ जना घाइते


 


सर्लाही ,कात्तिक २२

     सर्लाहीको लालबन्दी नगरपालिकामा  शुक्रवार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजना पैदलयात्री सहित ३ जना ब्यक्ति घाइते भएका छन्।

     जिल्लाको नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत  लालबन्दी न.पा वडा न-२ स्थित जुटपानीमा नवलपुरबाट सदरमुकाम मलंगवातर्फ जाँदै गरेको  प्रदेश -२-०३-००६ प ९६ नम्बरको नम्बरको मोटरसाइकले सडक पार गरिरहेको  पैदल यात्री सोही ठाउँ बस्ने  ५० वर्षिय   बल बहादुर  कार्कीलाई ठक्कर दिएपछि भएको  दुर्घटनामा पैदल यात्री कार्कीसहित मोटरसाइकल चालक हरिपुर नगरपालिका वडा न-२ बस्ने २४ वर्षिय प्रमोद महतो र मोटरसाइकल पछाडि बसेका  ३४ वर्षिय   रामपृत साह  घाइते भएको प्रहरीले जनाएको छ ।

   मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएका  पैदल यात्री कार्कीलाई मोडेल अस्पताल नवलपुरमा प्राथमिक  उपचार गरि  थप उपचारको लागि बिरगंज पठाइ सामान्य घाइते मोटरसाइकल चालक महतो र साहको प्रहरीको निगरानीमा मोडेल अस्पताल नवलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवरले जानकारी दिएको छ ।

      दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको छ ।


No comments:

Post a Comment