Sunday, November 1, 2020

भारतीय युवक द्वारा धनकौलकी बालिका उपर धारिलो हतियार प्रहार

 



सर्लाही ,कात्तिक १६ 

     सर्लाहीको नेपाल भारत सिमावर्ती पर्सा गाउँपालिका वडा न-५ धनकौलमा एकजना  भारतीय युवकले स्थानीय एक बालिकालाई धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएको छ ।

    शुक्रवार दिउँसो धनकौलको ट्याक्टर बाँध नजिक सोही ठाउँ बस्ने स्थानीय राम ईश्वर महतोकी अन्दाजी १२ वर्षिया छोरी सुगन्धी कुमारीलाई भारतको सितामढी जिल्ला इनर्वा  पञ्चायत वडा न-१६ स्थित सहोडवा बस्ने चन्देश्वर मुखियाका अन्दाजी २५ वर्षिय छोरा मुकेश मुखियाले धाँस काट्ने हसियाले प्रहार गरि घाइते बनाएको छ ।हँसियाको प्रहारबाट  दाँहिने हातको कान्छी औंला र घाँटीमा काटिएर गम्भीर  घाइते भएकी बालिकालाई गाउँलेहरुले तत्कालै उपचारको लागि मलंगवा स्थित सर्लाही अस्पतालमा पुर्याएर भर्ना गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

    बालिका माथि हसिँया प्रहार गर्नुको कारण भने खुलेको छैन ।प्रहरीले मुखियालाई नियन्त्रणमा लिएर अनुसंधान प्रक्रिया अगाडि बढाइसकेको डिएसपी कुवँरले जानकारी दिएको छ।


No comments:

Post a Comment