Sunday, November 15, 2020

दिपावलीको रात सर्लाहीको विभिन्न ठाउँमा आगलागी हुँदा लाखौंको क्षति

 




रुना धामी----

सर्लाही ,कात्तिक ३०

    लक्ष्मीपुजाकै दिन सर्लाहीको विभिन्न ठाउँमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ । 

     सनिवार राति सवा ७ बजे जिल्लाको  ब्रहम्पुरी गाउँपालिका वडा न–१ स्थित स्थानीय  निरज साहको गोठमा लक्ष्मीपुजा गर्न भनि बालिएको मैनबत्तीबाट आगो लागेको छ । उक्त आगलागीबाट साहको  गोठ र गोठ भित्र बाँधेर राखेको एउटा  पाडा  र चारवटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ ।  आगलागीबाट एकलाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

      त्यसैगरी सोही राती साढे ८ बजे बागमती नगरपालिका वडा न–१, डुमाजोर स्थित सुनिल तामाङको घरमा बालेको मैनबत्तीबाट आगो सल्किँदा लाखौंको क्षति भएको छ । आगलागीबाट तामाङको दुई तले कच्ची घर तथा घर भित्र भएका लत्ताकपडा, अन्नपात, फर्निचर लगायत नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।उक्त आगलागी  स्थानीयबासी तथा  सुरक्षाकर्मीले  हरिवन नगरपालिकाबाट मगाएको दमकलको सहायताले समयमै  नियन्त्रणमा लिएकोले थप ठूलो क्षति हुनबाट जोगिएको स्थानीयबासीहरुले बताएका छन् ।

   त्यसैगरी लक्ष्मीपुजा मनाउने क्रममै  सनिबार राती ८ बजे बरहथवा नगरपालिका वडा न–७ स्थित बरहथवा बजारमा रहेको आरसी कम्प्लेक्समा मोहम्मद  मफुज आलमले संचालन गरेको  जुत्ताचप्पल पसलमा आगलागी हुँदा १० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरहथवा नगरपालिका वडा न–९ निवासी स्थानीय मनोज कुशवारको गन्तब्य शू सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको हो । 

    यस्तै  सनिवार साँझ सवा ७  बजे गोडैता नगरपालिका वडा न–८ मा रोकी राखेको ना. ७ ख ३५१५ नम्बरको बसमा रहेको  ब्याट्रीको करेन्ट सर्ट भई आगो लाग्दा  झण्डै १० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 


No comments:

Post a Comment