Tuesday, November 3, 2020

मेयर र उपमेयर बिचकाे बिवाद बढदै गएपछि जि,स,स, प्रमुखले गरे नगरपालिकामा तालाबन्दी

 








सर्लाही १८ कार्तिक 
     सर्लाहीको सबै भनदा पुरानाे नगरपालिका मलंगवामा अनिश्चितकालीन तालाबन्दी गरिएकाे छ । नगरपालिकाका मेयर निरसल साह र उपमेयर शबनम मिकरानी बिचकाे विवाद बढदै गएपछि अाज नगरपालिका कार्यालयमा नारा,जुलुस र धर्ना समेत भएकाे थियाे । अवस्था नियन्त्रणमा लिन ठुलाे परिमाणमा सुरक्षाकर्मी समेत परिचालन गर्नु परेकाे थियाे । बिगत २ दिन देखि चलदै अाएकाे मेयरपक्ष र उपमेयरपक्षकाे बिवादले द्वन्द्वकाे रूप लिएपछि जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख ( सभापति ) मेथुर चाैधरी अाज नगरपालिका कार्यालय मलंगवामा पुगेर दुबैपक्ष बिच समझदारी गराउन प्रयास गरेका थिए । घण्टैा मध्यस्थता गरेपनि दुबैपक्षले कुरा नमाने पछि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चाैधरीले मेयर साह र उपमेयर मिकरानीलाई राेहवरमा राखि नगरपालिका मलंगवामा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।   नगर प्रमुख निरसल साहले   प्रशासकीय अधिकृत होमनाथ सुवेदीसँग  परिषद्को निर्णय विपरित कार्य सम्पादन गरी अनियमितता गरेको उपमेयर शबनम मिकरानीले अाराेप लगाउदै अाएकाे छ, भने मेयर निरसल साहले उपमेयर मिकरानीले लगाएकाे सबै अाराेप झुठ रहेकाे बताउदै अाएकाे छ । अाफनाे स्वार्थ पूरा नभएपछि उपमेयर लगायत केही वडाअधयक्षहरू मेराे बिराेध गरेकाे मेयर साहकाे भनाई रहेकाे छ । एउटै पार्टी नेपाली कांग्रेसबाट निर्बाचित मेयर-उपमेयर एकअर्का माथि अाराेप प्रतिअाराेप लगाउन थालेपछि अाम जनतामा यसकाे गलत प्रचारबाजी समेत हुन थालेकाे छ । चाडपर्वकाे मुखमा अाएर नगरपालिका मलंगवा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी हुनु दुखद रहेकाे एकजना कर्मचारीले बताए । चाडपर्वकाे मुखमा तालाबन्दी भएपछि कर्मचारीहरूलाई तलबभत्ता कसले दिने र घरपरिवार कसरी चलाउने भनेर कर्मचारीहरू दुख व्यक्त गरेकाे छ ।

No comments:

Post a Comment