Thursday, November 5, 2020

दशै बितेर दिपावली र छठ आउँनै लाग्दा पनि बजार अनुगमन नहुँदा उपभोक्ता ठगिंदै

 



मनोज यादव-----

सर्लाही ,कात्तिक २०

     भर्खरै नेपालीहरुको मुख्य चाड दशै समाप्त भएको छ ।दोस्रो ठुलो चाड दिपावली(तिहार) र छठ पर्व मुखमै छ । मुख्य चाडवाडकै बेला बजारमा भएको मुल्यबृद्धि  नियन्त्रणका लागि सरकारले चासो दिएको छैन ।स्थानीय सरकारले पनि बजारमा महँगी, कालाबजारी नियन्त्रण तथा   खाद्य बस्तुको निरिक्षण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य अझै गर्न सकेको छैन। जसको सिधा असर उपभोक्ताहरुको स्वास्थ्य तथा अर्थ व्यवस्थामा पर्न गएको छ ।

    व्यापारीले म्याद नाघेका खाद्यवस्तु विक्रीवितरण गर्नुका साथै कालाबजारी बढेको उपभोक्ताले गुनासा गरेपनि सर्लाही जिल्लाका बिसवटै स्थानीय तह र स्थानीय प्रशासनले  बजार अनुगमनप्रति चासो देखाएको छैन ।

चाडपर्वका बेला अत्यधिक खपत हुने खाद्यान्न पसलहरुमा   अनुगमन नहँदा एकातिर सर्वसाधारणहरुलाई म्याद नाघेका र मिसावट युक्त अखाद्य बस्तु खरिद गर्नुपरिरहेको  छ  भने अर्कातिर चर्को मूल्यमा उपभोग्यवस्तु किन्नुपर्ने बाध्यता छ।प्रत्येक वर्ष दशै , तिहार  छठको समयमा मात्र बजार पसल अनुगमन हुँदा सर्लाहीमा  म्याद सकिएका र अखाद्य पदार्थ  खुलेआम रुपमा विक्रि वितरण हुनेगरेको छ ।तर यसवर्ष भने दशै समाप्त भइसक्दा समेत बजार अनुगमन हुन सकेको छैन ।

     चाडवाडको समयमा मात्र नभइ  नियमितरुपमा बजार अनुगमन भए महंगी र कालाबजारी नियन्त्रण हुने सर्लाही मलंगवाका सामाजिक अभियन्ता तथा दलित अधिकारकर्मी राजेश पासवानले बताए। उनले भने, ‘यो समयमा दैनिक उपभोग्य बस्तु बढी बिक्री हुन्छ। उपभोक्ता पनि सचेत हुनुपर्छ। नियमित रुपमा बजार पसल अनुगमन नगरीदा कालोबजारी बढेको पासवानले भने ।

     चाडवाडको बेला सर्लाहीको सदरमुकाम मलंगवा सहित  लालबन्दी ,हरिवन, बरहथवा,बयलबास ,गोडैता  लगायतका ठूला बजारहरुमा  गुणस्तरहिन, म्याद सकिएका अखाद्य तथा पेय पदार्थ खुलेआम विक्रि हुने गरेको उपभोत्ताहरुको गुनासो रहेको छ । सामान्य लेखपढ गरेकाले समेत कतिपय खाद्यबस्तुको उपभोग्य मिति हेर्न सके पनि हेर्नै नजान्नेले तिनै म्याद नाघेका बस्तु प्रयोग गर्ने गरेको पाईएको छ । व्यापारीले समेत म्याद गुज्रेका सामान तिनै अनपढ सर्वसाधरणलाई र गाउँका बजारमा मौका छोपेर वेच्ने गरेको कतिपयको भनाई छ । यस्तै दशै, तिहार र छठ जस्ता चाड पर्व नजिकिदै जाँदा  किनमेल बढि हुने भएकाले आफुहरु थप ठगिने सम्भावना भएको  स्थानिय उपभोक्ता मुक्ता यादवले   बताए । म्याद सकिएका र विक्रि नभएका सामान गाउँका बजार पसलमा पठाएर केहि म्याद बाँकी  भएका सामान सहरका व्यापारीले विक्री गर्ने गरेको उनको भनाई छ ।

    ग्रामीण क्षेत्रका कतिपय पसलहरुमा ढकको सट्टा ढुङ्गा, नुनको पोका र फलामको प्रयोग गर्ने र त्यसबाट समेत आफुहरु ठगिएको उपभोक्ताको गुनासो छ । अनुगमनकै अभावमा व्यापारीले आफखुसी मुल्य  तोक्ने र पसलहरुमा मुल्यसुचि पनि  राखेको पाईदैन। यसरी खुलेआम अनियमितता हुँदा समेत सम्वन्धित निकाय मौन वसेको उपभोत्ताको आरोप छ । कहिले काँही हुने गरेको वजार अनुगमन पनि मुख्य बजार  केन्द्रित भएकाले गाँउ गाँउमा खोलिएका पसलहरुमा खुलेआम यस्ता अखाद्य, गुणस्तरहिन सामाग्री वेचविखन हुने गरेको स्थानियवासीहरु बताउँछन् ।






No comments:

Post a Comment