Tuesday, November 10, 2020

राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकखण्डको अवस्था दिन प्रतिदिन दयनीय बन्दै

 

यसको निर्माणमा तीनै तहको सरकारले चासो देखाएन


मनोज यादव---

 सर्लाही ,कात्तिक २५ 

        सरकारी उदासिनताका कारण वर्षौंदेखि जीर्ण तथा निर्माणाधीन अवस्थामा रहेको सर्लाहीको अति पुरानो हुलाकी सडकखण्डको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गइरहेको छ ।  सो सडकखण्डको निर्माण कार्य  तोकिएको समयमा पुरा हुन नसकेकाले  यहाँका जनता समस्यामा भाेग्न बाध्य भएकाे छ । 

    जिल्लाको उत्तर - दक्षिण अर्थात्  महोत्तरी र सर्लाही जिल्ला हुँदै रौतहट जिल्लासँग जोड्ने राष्ट्रिय गौरवको  आयोजनाको रुपमा रहेको  हुलाकी सडक निर्माण नहुँदा र हुलाकी सडक खण्डमा रहेकाे पुलसमेत नबनेका कारण उक्त सडकमा हिँड्ने  हजारौँ सवारीसाधन र स्थानीयवासीलाई दिनहुँ आवतजावतमा समस्या खेप्नु परिरहेको सो क्षेत्रका स्थानीयबासीहरुले  गुनासो गरेका छन् । भित्री मधेशकाे  ग्रामीण सडककाे रूपमा चिनिने हुलाकी सडकको अवस्था दिनदिनै दयनीय बन्दै गएपछि सडकमा हिँड्ने सर्वसाधारण जनता पानी, हिलो र धुलो माटोमा हिँड्न बाध्य रहेको उनीहरुको गुनासो छ । 

      तराई मधेसका जिल्लाहरुलाई जोड्ने हुलाकी सडकलाई  राष्ट्रिय गौरवको आयोजनाको रुपमा नेपाल सरकारले नामांकन गरेको  भएपनि यसको निर्माणमा संधीय,प्रदेश र स्थानीय तीनवटै तहका सरकारले चासो देखाएका छैनन् । जसका  कारण  निर्माणकार्यमा ढिलाई भइरहेको स्थानीय जनताहरुको भनाइ छ। उत्तर तर्फ सर्लाहीको पर्सा गाउँपालिका अन्तर्गत संग्रामपुर(सितलपुर) पछि पर्ने महोत्तरी जिल्लामा निर्माणकार्य पूरा भइसकेक छ। तर संग्रामपुरदेखि सर्लाहीको  सदरमुकाम मलंगवा हुँदै सर्लाही र रौतहटको सिमाना  बागमती नदिसम्मको हुलाकी सडकको निर्माणकार्य रोकिएको छ ।उक्त सडकमा कतै खाल्डा खुल्डी छन् भने कतै वर्षाको पानीले सडकनै बगाएको छ ।जिर्ण अवस्थामा रहेको सडकमा दिनहुँजसो दर्जनौं दुर्घटनाहरु हुने गरेको स्थानीयहरुले बताएका छन् ।

      तीनै तहको सरकारको उदासीनता र ठेकेदारहरुको लापरबाहीका कारण राष्ट्रिय गौरवको आयोजना कलंकित बनेको सर्लाहीका स्थानीयहरूको भनाइ  छ । मधेशी जनताकाे भाेट मात्र चाहिन्छ सबै पार्टीलाई तर मधेशकाे विकासमा कसैले चासो नदेखाएको  स्थानीयहरूले अाराेप लगाएका छन् ।

No comments:

Post a Comment