Tuesday, November 17, 2020

नेपाल भारत सिमानाका खोल्नु पर्ने माग राखेर सर्लाहीका जनप्रतिनिधिहरु द्वारा मलंगवा नाकामा धर्ना

 *बोडर नखोलिए छठ पछि बैरियर(ढाट)तोड्ने                                                           चेेतावनी*

मनोज यादव------(video सहित )


सर्लाही २ मंसिर 

    नेपाल भारत सीमानाका खुल्ला  गर्न माग गर्दै सर्लाहीका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरु सर्लाहीको सदरमुकाम  मलंगवा स्थित प्रहरी चौकी गोरखकाली अगाडि चरणवद्ध रुपमा धर्ना कार्यक्रम सुरु गरेका छन् ।

     जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको नेतृत्वमा नेपाल भारत सिमासँग जोडिएका पालिकाका प्रमुख ,उपप्रमुख तथा प्रदेश न-२ का सांसद तथा  पुर्व सांसदहरु आज(मंगलबार)बाट भन्सार कार्यालय नजिकै गोरखकाली प्रहरी चौकी अगाडि  धर्नामा बसेका छन् । 

   भारतले एकतर्फी रुपमा सीमा नाका खोले पनि नेपाल सरकारले नेपाल तर्फको सीमा नखोल्दा स्थानीय वासिन्दालाई विविध समस्या उत्पन्न भएको भन्दै सीमा खुलाउनुपर्ने मागसहित धर्ना दिइएको हो । पारिबाट नेपाल आउने तर नेपालबाट सीमापारि जान नदिने नेपालका सरकारी नीतिका कारण सीमावर्ती क्षेत्रका वासिन्दालाई चाडपर्वका अवसरमा समस्या उत्पन्न भएको बताइएको छ ।

    नेपाल भारतबीच सदियौंदेखि पारिवारिक सम्बन्ध रहेको र यो सम्बन्धमा विगत केही समययता सीमा नाका बन्दका कारण  प्रभावित भएको बताउँदै प्रदेश न-२ का सांसद अशोक यादवले तत्काल सीमा नाका खोल्न सरकारसँग माग गर्नुभयो । संघीय सरकारको गलत नीतिका कारण स्थानीय वासिन्दा समस्यामा परेको  उनले बताए ।

       हिजो (सोमवार)जि. स. स सर्लाहीको कार्यालयमा सभापति चौधरीको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले मलंगवाबाट भारतको सोनवर्षा तर्फ जाने बाटोमा मंसिर २ र ३ गते बिहान ११ बजेदेखि दिउँसो १ बजे सम्म धरनामा बस्ने निर्णय गरेको हो । दुईदिने धर्ना पश्चात् पनि सिमानाका नखोलिए आफुहरु कडा रुपमा प्रस्तुत हुँदै  छठ पर्व पछि सडकमा लगाइएको बैरियर(ढाट) तोडेरै भएपनि नाका खोल्ने जिल्ला समन्वय समितिका सभापति तथा धर्नाको नेतृत्वकर्ता  चौधरीले चतावनी दिनुभयो ।

     आज पहिलो दिनको धर्ना कार्यक्रममा  जनप्रतिनिधि सहित सयौं स्थानीयबासीहरुको सहभागीता रहेको थियो ।



No comments:

Post a Comment