Saturday, November 28, 2020

बरहथवामा सवारी दुर्घटना ,१ महिलासहित ४ जना घाइते

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,मंसिर १३

     सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई छुट्टाछुट्टै ठाउँमा शुक्रवार साँझ भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् ।

    बरहथवा नगरपालिका वडा न-९ पैतालिसबिघा टोलस्थित नयाँरोडबाट बरहथवा तर्फ आउँदै गरेको बा १२ च ४१४२  नम्बरको टाटा सुमोले विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री सोही ठाउँ बस्ने वर्ष ६२ को दुर्गा लामालाई   ठक्कर दिएको छ ।इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली  घाइते लामालाई उपचारको लागि हनुमन्त क्लिनिक बरहथवा पठाइ दुर्घटनामा संलग्न टाटा सुमो, त्यस्का चालक र साइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

    यस्तै, बरहथवा नपा वडा न- ९ मुर्तिया  स्थित बरहथवाबाट नयाँरोड तर्फ जाँदै गरेको प्र २-०३-००६प ३७६१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको पैदल यात्री सोही ठाउँकी ४२ वर्षिया ईश्वरी कार्कीलाई ठक्कर दिएको छ ।टाउको र खुट्टामा चोट लागेर घाइते भएकी कार्कीको बरहथवा सिटी पोलिक्लिनिकमा उपचार भइरहेको छ भने उनलाई ठक्कर दिने मोटरसाइकलका चालक बरहथवा नपा वडा न-७ बस्ने अन्दाजी २५ वर्षिय रुकेश कुमार साह र पछाडि सवार बसबरिया गाउँपालिका वडा न-१ बस्ने वर्ष २६ का सुब नारायण राय पनि दुर्घटनामा परि सामान्य घाइते भएका छन् ।

   मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment