Tuesday, November 17, 2020

हिन्दुहरुको महान पर्व ``छठ´´ सुरु

 


सर्लाही कात्तिक २/ हिन्दुधर्मावलम्बीहरुको महानपर्व छठ आजदेखि विधिवत रुपमा शुरु भएको छ । अत्यन्त निष्ठा, आस्था एवम श्रद्धापुर्वक मनाईने छठ अन्र्तगत आज व्रतालुहरु पहिलोदिन चोखो हुने चलन रहेको छ । जसअन्र्तगत आज व्रतालुहरुले माछ, मरुवा ९माछा र कोदो० को परिकार नखाने चलन रहेको छ । यसबर्ष पर्व मनाउने क्रममा भोली बुधबार नहाय खाय विधी मनाईन्छ भने विहीबार निराहर ब्रत बसि साँझमा खरना मनाईन्छ । त्यस्तै शुक्रवार अस्ताउदो सुर्यलाई अध्य दिई सझुका अर्ध र शनिवार विहान उदाँउदो सुर्यलाई अध्र्य दिई पारन गर्दै छठपर्वलाई समापन गरिनेछ । 

खासगरि प्रकृतीलाई पूजा गरिने भएकोले यसपर्वमा धनी, गरिव, दलित जस्ता विभेद, कुरिती एवम विसंगतिलाई अन्त्य गर्नका लागि समेत सहयोग गर्दै आएको गौशाला १२ की शिक्षिका लिला कुमारीले बताईन । एकसाथ उर्घ दिईने यो पर्व एक प्राकृतिक पर्व हो किनकि यस पर्वमा उदाउदो र अस्ताउदो सुर्यलाई अध्र्य दिईने भएकोले यसलाई प्राकृतिक पर्वको रुपमा समेत भन्न मिल्ने शिक्षिका लिलाले बताईन ।

हुन त छठपर्व बर्षमा दई पटक मनाईएतापनि कातिक महिनामा मनाईने छठपर्वको एक अलग्गै विशेषता रहेको पाईन्छ किनकि यो पर्व मिथिलान्चलको घरघरमा मनाईने पर्व हो । यस पर्वमा भेदभाव, छुवाछुतजस्ता विकृति एवम विसंगतिको समेत अन्त्य हुने भएकोले यसपर्वको धार्मिक, समाजिक एवम प्राकृतिक विशेषताले भरिपूर्ण पर्व रहेको गौशालास्थित जनता अधारभुत विद्यालका प्रधानाध्यापक जगत बहादुर सिदालीले बताए । छठपर्व खासगरि भाकल पुरा भएपछि मनाउने पर्व नभई यो पर्व पूस्तान्तरको रुपमा समेत मनाईने पर्व रहेको प्रधानाध्यापक सिदालीको तर्क रहेको छ ।

पर्वको तयारीमा ज्ुटेका ब्रतालुहरु अहिले पूजा सामग्रीको बन्दोवस्त गर्नुको साथै जलाशयको घाट सजाउनमा व्यस्त रहेको पाईन्छ । हप्तौदिन अगाडिदेखि यहाँका ईनार, पोखरी, तालतलैया, नदीजस्ता जलाशयको घाट सजाउनका लागि श्रद्धालु भक्तजनहरु लगि परेका छन । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाईन्छ ।

छठपर्वको मुख्य पूजा हुने दिन (सन्ध्या अर्ध)का दिन जलाशयलाई दुल्ही झै सिंगार्ने सोचका साथ व्रतालुहरु लागि परेका छन । सरसफाई गर्नुको साथै घाट सजाउनको लागि हजारौ रुपैयाँ खर्चिने गर्दै आएको गौशाला बजारमा ईलेक्टोनिक पसल संचालन गर्दै आएका व्यवसायी नागेन्द्र साहको भनाई रहेको छ । उनी भन्छन यहाँ दिपावलीभन्दा बढि यस्ता ईलेक्टोनिक्स समानको व्यापार भने छठपर्वको मुखमा आएर हुने गरेको छ ।

छठपर्वको कारण जातीय भेदभाव एवम छुवाछुत भने क्षणिक भरको लागि अन्त्य भएको महसुस हुने गरेको मानवअधिकारकर्मी एवम महोत्तरीका पत्रकार राकेश चौधरीको भनाई रहेको छ । यसपर्वमा अन्य समयमा डोम, कुम्हालेजस्ता जातिलाई हेप्ने गरेको विसंगितलाई सवैले विर्सिएको हुन्छ । उनीहरु एकसाथ जलाशयमा उभिएर भगवान षष्ठीलाई अध्र्य दिएको दृश्य हामीले प्रत्यक्ष रुपमा हेर्न पाउछौ । जुन अन्य पर्व वा अन्य समयमा हेर्नका लागि मुश्किल नै हुने गर्दछन ।

पछिल्लो समयमा आएर चिनियाँ वस्तुको कारोबारमा विक्री भएतापनि छठपर्व मनाउनको लाडि डोम समुदायले निर्माण गरेको सुपली, डाला, नाङ्गलो भने चोखो हुने गरेको जनता समाजवादी पार्टीका यूवा नेता रमेश महतो बताउदछन । त्यस्तै कुम्हाले समुदायद्धारा निर्मित माटाका भाँडाकुडाँ, मालीको घरमा तयार पारिएको पूजा सामग्रीहरु छठपर्वमा चोखो एवम पवित्र हुने गरेको महतोले बताए । छठपर्वले वास्तवमा जातीय भेदभाव एवम विकृति विसंगतिलाई अन्त्य गर्ने पर्वको रुपमा सावित भएको महतोले तर्क राख्नुभयो ।

छठपर्वको महत्व

पछिल्लो समयमा आएर छठ पर्व मुस्लिम समुदायका व्यत्तिकोे सहभागी हुने गर्दछन । र उनीहरुले पनि हिन्दु परम्परा अनुसार नै छठपर्व बिधिबत मनाउने गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ । यो एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ ।

विधी विधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहि आएको छ । छाला सम्वन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजीकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् । सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ ।

तिहारको समापनसंगै छठपर्वको हर्षेल्लाषमय वातावरणले सकल नेपालीभूमी पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ  । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदैआएको छ । चार दिन पवित्र एवम श्रद्धापूर्वक मनाईने छठको आफनै विशेषता रहेको छ ।

(महोत्तरी पोष्ट बाट)

No comments:

Post a Comment