Tuesday, November 3, 2020

सशस्त्र प्रहरीद्वारा लागुऔषध सहित एकजना पक्राउ


 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,कात्तिक १८

   सशस्त्र प्रहरी बल नेपाल बोर्डर  आउट पोस्ट त्रिभुवननगरले प्रतिबन्धित लागुऔषध सहित एकजना लाई पक्राउ गरेको छ । सोमबार बेलुका ४ बजेको समयमा ब्रम्हपुरी गाउँपालिका वडा न-४ दशगजा बोर्डर इलाका अन्तर्गत शेख टोल नाकाबाट बिओपी त्रिभुवननगरबाट सशस्त्र प्रहरी सहायक निरिक्षक सखिचन मोचीको कमाण्डमा खटिएको ६ जनाको पैदल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा सिमापारी भारतबाट अवैध रुपमा प्लास्टिकको झोलामा राखि नेपालतर्फ ल्याउँदै गरेको Cufcure DC १०० ml-११ थान, Wincirex १०० ml-१४० थान ,Replin १०० ml-५० थान र Nitravet-10 tablet-७ पत्ता(१५० पिस)नामक लागूऔषध  बरामद गरेको कार्यालय प्रमुख तथा  सशस्त्र प्रहरी निरीक्षक संजित सिंहले  जानकारी दिए । 

    लागूऔषध ल्याउने  हरिवन नगरपालिका वडा न-११ बालुवाटार बासाटोल बस्ने शम्भु गिरीका छोरा अन्दाजी १५-१६  वर्षका अजय गिरीलाई पनि नगद रुपैया २ हजार ४ सय ७२ र एकथाना I phone 6 सहित  नियन्त्रणमा लिएर थप आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा पठाएको स.प्र.निरीक्षक सिंहले जानकारी दिए ।

 सीमानाकामा सामान्य आवातजावत खुला भएसँगै लागुऔषध तस्कर सक्रिय भएपछि नाकामा कडाइ गरिएको छ । 

 


No comments:

Post a Comment