Tuesday, November 10, 2020

बागमती नगरपालिका अगाडि मोटरसाइकलको ठक्करबाट पैदल यात्री घाइते


 

लोकतन्त्र समाचारदाता----

सर्लाही ,कात्तिक २५

     सर्लाहीको बागमतीमा  मोटरसाइकलको ठक्करबाट  एकजना पैदलयात्री  घाइते भएका छन्।

     जिल्लाको पुर्व पश्चिम लोकमार्ग अन्तर्गत बागमती नगरपालिका वडा न-४ स्थित नगरपालिकाको कार्यालय अगाडि सोमबार  पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा १ प १०७१ नम्बरको मोटरसाइकले  पैदल यात्री सोही नगरपालिका वडा न-८ ,सोल्टी बस्ने अन्दाजी वर्ष १९ का  संजय महतो घाइते भएको हो । 

   मोटरसाइकलको ठक्करबाट बायाँ खुट्टामा  चोट लागेर घाइते भएका  पैदल यात्री महतोको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ भने दुर्घटनामा संलग्न मोटरसाइकल र चालक थप अनुसंधानको लागि इलाका प्रहरी कार्यालय कर्मैयाको  नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


No comments:

Post a Comment