Saturday, November 7, 2020

आफ्नै छोरा द्वारा मादक पदार्थ खाएर वृद्ध बुवा माथी हथौड़ा प्रहार

 




सर्लाही ,कात्तिक २२

    सर्लाहीमा आफ्नै छोराको हथौड़ा  प्रहारबाट एकजना वृद्ध गम्भीर घाइते भएका छन् । 

   जिल्लाको  ईश्वरपुर नगरपालिका वडा न- १२ घारीबथानमा शुक्रवार राति ७५  वर्षिय टेकबहादुर अछामी आफ्नै घरमा सुतिरहेको अवस्थामा मादक पदार्थ सेवन गरेर आएका ३५ वर्षिय छोरा कुमार अछामीले प्रहार गरेको हथौड़ाबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।हथौड़ाको प्रहारबाट गम्भीर घाइते  अछामीको धनुषा जिल्ला स्थित लालगढ मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

     घटनास्थलमा पुगेका प्रहरीले  घाइते अछामीका छोरालाई नियन्त्रणमा लिएर थप अनुसंधानको लागि  ईलाका प्रहरी कार्यालय केशरगञ्जको हिरासतमा ल्याएर राखेको डिएसपी कुवँरले जानकारी दिएको छ ।


No comments:

Post a Comment