Wednesday, November 25, 2020

मौनता तोडौं ,बलात्कार र लैंगिक हिंसा बिरुद्ध बोलौ" भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मलंगवामा सुरु




लोकतन्त्र समाचारदाता -----

सर्लाही ,मंसिर १०

     यसवर्षको "मौनता तोडौं ,बलात्कार र लैंगिक हिंसा बिरुद्ध बोलौ" भन्ने नाराका साथ २९ औं अन्तराष्ट्रिय १६ दिने लैंगिक  हिंसा विरुद्धको १६ दिने अभियान बुधबार(आज) देखि सर्लाहीको सदरमुकाम मलंगवामा पनि सुरु भएको छ ।  हरेक वर्ष नोभेम्बर २५ तारेखदेखि डिसेम्बर १० तारेखसम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरि विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने गरिन्छ ।

      सोही क्रममा पहिलो दिन बुधबार साँझ सर्लाहीको सदरमुकाम मलंगवा स्थित  सहिद चौकमा ओरेक नेपालको अगुवाइमा प्रेेरणा, आड्रा नेपाल ,यु.एन.एफ.पि.ए,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही ,थर्ड एलायन्स ,नेपाल अपाङ्ग संघ,निल हिरा समाज,राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र ,सर्लाही प्लस र मलंगवा नगरपालिका अन्तर्गत महिला शाखाको संयुक्त आयोजना लैंगिक हिंसा विरुद्धको विभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकेर मानव साँग्लो बनाइ सहिद पार्कमा अवस्थित मधेश आन्दोलनका सहिदहरुको प्रतिमा अगाडि मैनबत्ती बालेर १६ दिने अभियान प्रति एक्यवद्धता जनाएका छन् ।

     यस वर्षको १६ दिने अभियानको मुख्य उदेश्य "बलात्कार र लैंगिक हिंसा विरुद्ध सामाजिक दायित्व र सचेतना अभिवृद्धि गरि हरेक घर र सार्वजनिक स्थलहरु सबैका लागि सुरक्षित ,अपनत्व र सम्मानित हुने वातावरण निर्माण गरि बलात्कार र लैंगिक हिंसा नहुने वातावरण निर्माण गर्न अपराध बिरुद्ध समाज र कानुनले शून्य सहनशीलताको नीति अवलम्बन गरि प्रभावितको आत्म सम्मान सहितको न्यायको अधिकार सुनिश्चितताको आधार तयार गर्न"पैरवी गर्नु रहेको ओरेक नेपाल सर्लाहीका कार्यक्रम संयोजक ज्योति तिवारीले बताएकी छिन् ।

 महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक  समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष एवं अधिकारकर्मी राजेश पासवनले बताए  ।




No comments:

Post a Comment