Sunday, November 22, 2020

छठको दोस्रो दिन सर्लाहीमा आगलागीबाट लाखौंको क्षति

 




लोकतन्त्र समाचारदाता ----

सर्लाही ,मंसिर ७

सर्लाहीको  दुई भिन्नाभिन्नै स्थानमा छठ पुजाको दोस्रो दिन   भएको आगलागीमा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    सनिवार राति जिल्लाको धनकौल गाउँ पालिका वडा न-४ महिनाथपुर स्थित स्थानीय दहाउर सहनीको एक तल्ले फुसको घरमा खाना पकाउन राखिएको ग्याँस सिलिन्डर अचानक लिक भई आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।उक्त  आगलागीमा परि सहनीको घर भित्र रहेकोे १ थान  टिभी ,१ तोला सुन , लत्ताकपडा ,१ थान साइकल,भाँडाबर्तन,२ थान मोबाइल र नगद रु ९० हजार गरि जम्मा २ लाख ६३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी मदन कुवँरले जनाएको छ ।

    त्यसैगरी सनिवार राति ९ बजेको समयमा विष्णु गाउँ पालिका वडा -५ फेन्हारा स्थित स्थानीय राजकुमार रायको काठले बनाएको घुम्ती पसलमा अचानक आगलागी हुँदा   आंशिक रुपमा जलेर पसल भित्र रहेको केही सरसामान गरि करिब ७० हजार रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  

    दुबै ठाउँमा भएको आगलागीमा कुनैपनि किसिमको मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले बताएको छ ।आगलागी स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

No comments:

Post a Comment