Wednesday, November 4, 2020

बरहथवाबाट जुवा खेल्दै गरेका जुवाडेहरु नगदसहित पक्राउ

 


सर्लाही ,कात्तिक १९

     सर्लाहीको  बरहथवा  नगरपालिका वडा न-६ बाट ६० हजार ९ सय ९५  नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । 

   स्थानीय शम्भु सिंहको बाँसको एकतल्ले घरबाट इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उद्धव सिंह भाटको कमाण्डमा खटिएको प्रहरीले मंगलबार साँझ जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।उनीहरुको साथबाट थप ५ हजार २ सय  भारु रुपैयाँ पनि बरामद भएको छ ।

   पक्राउ पर्नेमा बरहथवा नपा-६ का ४८ वर्षिय शम्भु सिंह,सोही नपा वडा न-१६ बस्ने वर्ष ३० का मनोज राय,वडा न-५ का ३८ वर्षिय महम्मद हुसैन कवाडी,वडा न-६ बस्ने वर्ष ४२ का राम प्रवेश महतो,वर्ष ३८ का दिनेश साह र वर्ष ५५ का रामानन्द दास रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसंधानका लागि इप्रका बरहथवा राखिएको जिप्रका सर्लाहीका  प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले  जनाएको छ ।

No comments:

Post a Comment