Thursday, November 12, 2020

रौतहटको लौकाहामा गोली हानेर एक युवतीको हत्या

 

नवाव अली----

  • रौतहट ,कात्तिक २७ / रौतहटको माधवनारायण नपा- ७ लौकाहामा राति ११ बजे सुतिरहेको अबस्थामा १८ बर्षिया अमृता कुमारीलाई गोली हानी हत्या गरिएको छ। स्थानीय राम अयोध्या साहकि छोरी अमृताको हत्या बारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारी ,प्रहरी उपरिक्षक सिद्धि बिक्रम साह सहितको टोलि घटना स्थलमा पुगेका छन् ।

थप अनुसन्धानका लागि बर्दिबासबाट डग टोलि समेत मगाइ सुक्ष्म अनुसन्धानमा जुटेका छौ ,दोसि छिटै पक्राउ पर्ने प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले बताएका छन् । सर्लाही बिबाह भएको तर हाल माइत रहदै आएकी अमृताको हत्या भएपछि लौकाहा सहित आसपासमा गाउँ मै त्रासको माहोल सृजना भएको छ। गत २०७६ फागुनमा अमृताको बिहे सर्लाहीको मधुवनगोठका रुपेश साहसंग भएको थियो । बिहे भएको केही समयपछि युवतीको एकजना युवकसित प्रेम सम्बन्ध रहेको बाहिर आएको थियो ।

युवतीका श्रीमानलाई पनि अपरचित समूहले गत वैशाखमा चक्कु प्रहार गरेको थियो । युवतीको प्रेमीबाट युवतीको प्रेम सम्बन्धकै कारण चक्कु प्रहार भएको अनुमान युवक पक्षले गरेका थिए । चक्कु प्रहारबाट घाइते श्रीमान् लामो समय उपचारपछि बल्ल निको भएका थिए ।

गत असार महिनामा युवतीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै बस्दै आएकी थिइन् । केही दिन अघि माधबनारायण नगरपालिका कै खेसरहियामा पुजारी श्री राम साहको गोलि हानी हत्या गरिएको थियो।

No comments:

Post a Comment