सर्लाही /सर्लाही सहितका तराईको मिथिलाञ्चलमा अक्षय नवमी पर्व मनाइँदै छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका हुन् ।
यस पर्वमा अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्वमा बगैँचा र वन क्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिएका छन्। आफ्नै आँगन वा खेतबारी बगैँचामा अमला (धातृ) का रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोजको तयारी गरेको देखिँदो छ । पर्वमा अनिवार्यरूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा छ ।
यस पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने खाने परम्परा रहेको छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार कर्मकाण्डी ब्राह्मण महेशकुमार झा बताउँछन् ।
पर्व विशेषमा खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन आज एकाबिहानै विभिन्न पार्क र वनभोजस्थल पुगेका छन् । खासमा यो पर्वमा दिनभरी भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको जिल्लाकै बलवा बजारका बासिन्दा शिवनारायण झाले जानकारी दिए । सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घरआँगन र नजिकको बगैँचामा भोजको आयोजन गर्ने गरेका देखिन्छ ।
पर्व विशेषमा वनक्षेत्रका अमलाका रुखका फेदमा एक/दुई दिन पहिलेदेखि नै विभिन्न टोलीले भोजको ठाउँ छनोट गरेका छन् । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको चिकित्सकको भनाइ छ ।
मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिएको छ । कात्तिक शुक्ल नवमीकै दिन द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंश बध गर्नुपूर्व मधुरा, वृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख तथा फलका परिकारको महत्व दर्शाउन धातृनवमी भनिएको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलको भनाइ छ। मैथिलीमा अमलालाई ‘धातृ’ भनिन्छ ।
कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दू जनविश्वास रहेको छ । अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुुख प्राप्त हुने हिन्दू मैथिल जनश्रुति छ ।
इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमीसमेत भन्ने गरिएको डा. विमल बताउँछन् । अमला स्वस्थबद्र्धक तथा यसताका रुखमा फलेका अमला पूर्णरूपले खानयोग्य बन्ने हुँदा यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले शुुरु गरेको मैथिल युवा बताउँछन् । अक्षय नवमी पर्वसँगै मिथिलामा नियमित भोजनमा अमलाका परिकार खान थालिने परम्परा छ । पर्वको रमझम छ। मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका हुन् ।
यस पर्वमा अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्वमा बगैँचा र वन क्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिएका छन्। आफ्नै आँगन वा खेतबारी बगैँचामा अमला (धातृ) का रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोजको तयारी गरेको देखिँदो छ । पर्वमा अनिवार्यरूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा छ ।
यस पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने खाने परम्परा रहेको छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार कर्मकाण्डी ब्राह्मण महेशकुमार झा बताउँछन् ।
पर्व विशेषमा खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन आज एकाबिहानै विभिन्न पार्क र वनभोजस्थल पुगेका छन् । खासमा यो पर्वमा दिनभरी भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको जिल्लाकै बलवा बजारका बासिन्दा शिवनारायण झाले जानकारी दिए । सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घरआँगन र नजिकको बगैँचामा अमलाका रुखका फेदमा एक/दुई दिन पहिलेदेखि नै विभिन्न टोलीले भोजको ठाउँ छनोट गरेका छन् । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाको संदेश दिने डाक्टरहरुको भनाइ छ ।
मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिएको छ । कात्तिक शुक्ल नवमीकै दिन द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंश बध गर्नुपूर्व मधुरा, वृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख तथा फलका परिकारको महत्व दर्शाउन धातृनवमी भनिएको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलको भनाइ छ। मैथिलीमा अमलालाई ‘धातृ’ भनिन्छ ।
कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दू जनविश्वास रहेको छ । अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुुख प्राप्त हुने हिन्दू मैथिल जनश्रुति छ ।
इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमीसमेत भन्ने गरिएको डा. विमल बताउँछन् । अमला स्वस्थबद्र्धक तथा यसताका रुखमा फलेका अमला पूर्णरूपले खानयोग्य बन्ने हुँदा यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले शुुरु गरेको मैथिल युवा बताउँछन् । अक्षय नवमी पर्वसँगै मिथिलामा नियमित भोजनमा अमलाका परिकार खान थालिने परम्परा छ ।
No comments:
Post a Comment